२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा माओवादी सांसदले भनेः सरकारले जवाफ नदिए संसदभित्रै आन्दोलन गर्छु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने घोषणा गर्नुभएको छ ।

आईतवारको सभाको बैठकमा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले बलात्कारपछि हत्या भएको १५ दिन भइसक्दासमेत सरकारले कुने जवाफ नदिएको र अपराधी पक्राउ नपरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले संसदमा बोलेका कुराहरुको कार्यान्वयन नगरे संसदभित्रै आन्दोलन गर्ने उहाँको चेतावनी थियो ।

उहाँले भन्नुभयो, ‘संसदमा उठाएका कुराहरुको कार्यान्वयन हुँदैन भने जनतालाई हामीले के भन्ने । पटक पटक कुरा उठाइयो । सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो । बलात्कारको घटना भएको । अहिलेसम्म सरकारले संसदमा आएर जवाफ दिन सक्नुभएको छैन । न तपाईंको अहिलेसम्म प्रहरीले समात्न सकेको छ । आजदेखि म संसदमै आन्दोलन गर्छु, जवाफ दिएन भने, कारबाही भएन भने । दलित हक अधिकारको लागि आन्दोलन गर्छु ।’

उहाँले सरकारले नसुने दलित हक अधिकारको लागि आन्दोलन गर्ने पनि बताउनु भयो । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामुहिक बलात्कारपछि हत्या भएको थियो ।