२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संसदको झ्याल,ढोका बन्द गरेर अर्को गिरिबन्धुको लागि अध्यादेश ल्यायोः सांसद सुवेदी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले संसदमाथि सरकार हाबी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको बताउनु भयो । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको उहाँको आरोप छ । सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अध्यादेशलाई अस्त्र बनाएको बताउनु भयो । सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाइ बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संसदमाथि सरकार हाबी भइरहेको छ । सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको छ । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको छ । सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अस्त्र बनायो अध्यादेशलाई । सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाएर बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चाल्यो ।’

उहाँले लोकतन्त्र विधिको शासन भएकाले कानून संसदले बनाउने र कार्यान्वयन सरकारले गर्ने भएपनि सरकारले नै कानून बनाउन थालेको बताउनु भयो । सरकारले कानून बनाए संसदले के काम गर्ने रु भन्दै प्रश्न गर्नुभयो । अध्यादेशहरु भूमाफिया, विचौलियाहरुको पक्षमा रहेको बताउनु भाये । भूमि सम्बन्धी अध्यादेश अर्को कुनै गिरिबन्धुको लागि आएको हुनसक्ने आरोप लगाउनु भयो ।