२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीको रकम ठगी गर्नेहरुको सम्पती रोक्का गरी पीडितलाई फिर्ता गर्नुपर्छः सांसद कोईराला



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले सहकारीको रकम ठगी गर्नेहरुको सम्पती रोक्का गरी पीडितलाई फिर्ता गराउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हकारीलाई बद्नाम गर्न, देशव्यापी रुपमा सहकारी अनियमितता र सहकारी ठगहरुको सञ्जाल सल्बलाएको बताउनु भयो । उहाँले सहकारी कानून बनाउनका लागि अपरिहार्य रहेको बताउनु भयो । उहाँले भूमिसम्बन्धी अध्यादेशमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारीलाई बद्नाम गर्न, देशव्यापी रुपमा सहकारी अनियमितता र सहकारी ठगहरुको सञ्जाल सल्बलाएको छ । पीडितहरु अहिले पनि आन्दोलनमा छन् । अब जसले सहकारी ठगेको हो, उसको सम्पती रोक्का गरी पीडितलाई रकम फिर्ता गराउनु पर्छ । त्यसैले सहकारी कानून बनाउनका लागि अपरिहार्य छ । भूमिसम्बन्धी अध्यादेशमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको छ ।’

सुशासनसम्बन्धी अध्यादेश पनि आम नागरिकको चाहना बमोजिम जवाफदेही र पारदर्शी बनाइ छिटो छरितो ढंगबाट काम अघि बढाउने गरी ऐ आएको बताउनु भयो ।