२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मी र माउन्टेन मुभर्सलाई खुला बास्केटबल उपाधि



अ+ अ-

काठमाडौँ। नेपाल आर्मी र माउन्टेन मुभर्सले खुला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । आर्मी पुरुष तथा मुभर्स महिलामा च्याम्पियन बने । दुवै अपराजित रहँदै उपाधि जित्न सफल भएका हुन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुर र नखिपोट युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषको फाइनलमा आर्मीले प्ले बक्सलाई १११–७१ को फराकिलो अन्तरले पराजित ग¥यो । आर्मीका निश्चल महर्जनले २८ अंक जोडे । फाइनलको स्कोर प्रतियोगिताकै सर्वाधिक स्कोर हो ।

पहिलो क्वाटरमा ३३–१८ को अग्रता लिएको आर्मीले अन्तिमसम्म त्यसलाई कायम राख्यो । आर्मीले दोश्रोमा २९–२०, तेश्रोमा २७–२२ र चौथोमा २२–११ को प्रदर्शन ग¥यो । उपाधिसंगै आर्मीले १ लाख तथा प्ले बक्सले ५० हजार नगद पुरस्कार हात पारे ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा मुभर्सले कीर्तिपुरलाई ६२–५० ले हरायो । मुभर्सकी सम्झना शाहले १५ स्कोर गरिन् । राउन्ड रोविन लिमा पनि कीर्तिपुर मुभर्ससंग चुकेको थियो ।

मुभर्सले पहिलो क्वाटरमा २०–१४, दोश्रोमा १८–१० र तेश्रोमा १८–१३ को अग्रता लिनुनै जितको मुख्य आधार बन्यो । चौथो क्वाटर कीर्तिपुरले १३–६ को आफ्नो पक्षमा पारेपनि जितका लागि पर्याप्त भएन । विजेता मुभर्सले ५० हजार तथा उपविजेता कीर्तिपुरले २५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा भुमर्सकी छिरिङ छोकी शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विनोदले २० हजार तथा छिरिङले १५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे । पुरुषमा अयोजक नखिपोटका सर्जोक पुन मगर तथा महिलामा आईएसए नेपालकी मिली लामा तामाङ उदीयमान खेलाडी चुनिए । दुवैलाई जनही ५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरियो ।

विजेतालाई नेपाल कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरका अध्यक्ष एवं नखिपोट युथ क्लबका महासचिव पुनित गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगिताको पुरुषमा १५ टिमले नकआउट तथा महिलामा ३ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।