२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलपानी टिम च्याम्पियन



अ+ अ-

काठमाडौं । मुलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ३ स्वर्ण, उत्तिनै रजत र ५ कांस्यसाथ मुलपानी टिम च्याम्पियन बनेको हो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिामा १ स्वर्ण, २ रजत र १ कांस्यसहित चितवन दोश्रो भयो । समान १–१ स्वर्ण, रजत र कांस्य जितेको कैलालीले तेश्रो स्थानमा चित्त बुझायो । प्रतियोगितामा जम्मा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले १–१ स्वर्ण हात पारे ।

प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यु–१८ पुरुष एकलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता अस्मिन राउतले स्वर्ण जिते । स्युचाटारका अस्मिनले ६.५३ अंक जोडे । चितवनका अब्बास खान (५.९६) ले रजत तथा चितवनकै सागर बराल (५.८३) र कैलालीका लक्ष्मण श्रेष्ठ (५.६३) ले कांस्य जिते । उक्त स्पर्धाको महिलामा सैनिककी रोशनी श्रेष्ठ सर्वाधिक ६.५० अंकसाथ पहिलो भइन् । चितवनकी जैनब खातुन (६.२०) दोश्रो तथा मुलपानीकी अस्मिता नगरकोटी (६.१३) र सुनसरीकी सुदेशना गुरुङ (५.७६) तेश्रो भए ।

यु–३१ पुरुष एकलमा प्रेमबहादुर लिम्बू शीर्ष स्थानमा रहे । १३ औं सागका कांस्यधारी प्रहरीका उनले ६.७३ अंक हासिल गरे । सेनाका दीपेन्द्र गुरुङ ६।५० अंकसाथ दोश्रो भए । दीपेन्द्र पनि १३ औं सागका कांस्य विजेता हुन् । मुलपानीका पुष्पप्रसाद गौतम (६.२०) तथा दोलखाका नोर्बु मोक्तान (५.९६) संयुक्त रुपमा तेश्रो स्थानमा रहे ।

सोही स्पर्धाको महिलामा १३ औं सागका स्वर्ण विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यसमा सेनाकी निताले बाजी मारिन् । ६.७० अंकसाथ निताले स्वर्ण चुमिन् भने स्युचाटारकी सन्जिला ६.५६ अंकसाथ रजतमा सीमित भइन् । मुलपानीकी चन्दु शाही (६.१६) तथा दाङकी सुनिता विष्ट (५.४३) तेश्रो बने ।

पुरुष ४१ वर्षमाथि मुलपानीका मधुसुदन सापकोटाले स्वर्ण जिते । उनले ५.९० अंक प्राप्त गरे । ट्राभल व्यवसायी ४२ वर्षीय मधुसुदनले करिब ३ वर्षअघि मात्र तेक्वान्दो खेल्न सुरु गरेका हुन् । कैलालीका आशिष चन्द (५.६०ं दोश्रो तथा रुपन्देहीका विकास उदय (५.४६) र गैरीगाउँका सोभितमान गिरी (५.४६) तेश्रो भए । यो स्पर्धाको महिलामा कसैले पनि नाम दर्ता नगराएपछि स्पर्धालाई हटाइएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।