२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदीबन्दीमा कोरोना बढ्यो ! केही कैदी मुक्त गर्ने तयारीमा सरकार



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण बढेकोमा चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको भर्चुअल बैठकमा उनले भनेका छन्- 'नेपालका कैदीबन्दीमा संक्रमण बढ्दै गएको छ, जुन अत्यन्तै चिन्ताजनक भएको छ ।' 
कारागारमा कोरोनालाई मध्यनजर गरेर पर्याप्त स्वास्थ्य सुरक्षा अपनाएको पनि उनले बताए । कारागारहरुमा स्यानिटाइजर, मास्क तथा पानीको व्यवस्था गरिएको छ । तर पनि बन्दीहरूलाई ल्याउँदा र लैजादा संक्रमण फैलिँदै गएको छ- उनले भने । 

समितिको सो बैठकमा कारागार व्यवस्थापन विभागका प्रमुख द्रोण पोख्रेलले कुन कारागारमा कति कैदीबन्दीमा कोरोना संक्रमण भएको छ भन्ने जानकारी दिएका थिए ।

सो जानकारीअनुसार केन्द्रीय कारागारका ७ बन्दीमा पछिल्लो समय कोरोना संक्रमण देखिएको छ । सबै गरेर केन्द्रीय कारागारमा १३ जना संक्रमित रहेका छन् । तीमध्ये ३ जनामा लक्षण देखिएको र बाँकीमा संक्रमणको लक्षण नभएको पोखरेलले बताए ।

ुकोरोनाको संक्रमण देखिएका ३ जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लैजाने तयारी भइरहेको छ भने बाँकी १० जनालाई कीर्तिपुरको आयुर्वेद अस्पतालमा लगिएको बताइएको छ । कारागारमा संक्रमण फैलिन थालेसँगै कैदीबन्दीसँग बाहिरका मान्छेको भेटघाट बन्द गरिएको र नयाँ कैदीको पीसीआर परीक्षण गरी १० दिन आइसोलेसनमा राखेर मात्रै बन्दी गृहमा पठाइन थालिएको उनले जानकारी दिए ।

केन्द्रीय कारागारमा कोरोना संक्रमण रोकथाम र उपचारका लागि पर्याप्त सुरक्षा सावधानी अपनाइएको पोख्रेलको भनाइ थियो । केन्द्रीय कारागारमा ३ हजार एक सय कैदीबन्दी रहेक छन् । कारागारको अस्पताल र विद्यालयलाई आइसोलेसन र क्वारेन्टाइनका रुपमा पनि परीणत गरिएको छ । 
त्यस्तै मुलुकका विभिन्न कारागारमा पनि कोरोना संक्रमित रहेको पोख्रेलको भनाइ थियो । बाँके जिल्ला कारागारमा ८ जनामा कोरोना संक्रमण देखिएको र उनीहरूलाई निको भएको उनले बताए । स्याङजाका एक कैदीमा कोरोना देखिएकोमा पोखरामा उपचार गराएर निको भइसकेको उनको भनाइ थियो ।

सिरहा कारागारका ७ जना संक्रमितमध्ये ३ जना निको भइसकेका र ४ जनाको उपचार भइरहेको पोख्रेलले बताए । सुनसरीको जेलमा रहेका ८ जना कैदी संक्रमित भएकोमा ४ जना कोरोनामुक्त भएको पनि उनले जानकारी दिए ।

मुलुकभरका कारागारमा १६ हजार कैदीको क्षमता रहेको भए पनि ती कैदमा २४ हजारले कैद भुक्तान गरिरहेका छन् । यसकारण पनि अहिलेको समयमा कोरोना भाइरसको संक्रमण फैलिने डर झनै बढेको हो । 

कैदीबन्दी घटाउने तयारीमा सरकार
यसैबीच सरकारले कैदीबन्दीको संख्या घटाउने तयारी गरिरहेको गृहमन्त्रीले जनाएका छन् । सोही बैठकमा उनले असोज ३ गते संविधान दिवसको अवसरमा कैदीहरूलाई घटाउने गृहकार्य भइरहेको बताए । 

त्यस बैठकमा सांसदहरूले निश्चित समय कैद भुक्तान गरेकालाई मुक्त गर्न सुझाएका थिए । नेकपाका सांसद झपट रावलले ६० प्रतिशत कैद भुक्तान गरेकालाई माफी दिनुपर्ने बताएको प्राप्त समाचारमा छ । 

ुराज्यले चाह्यो भने ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मुक्त गर्न सकिन्छ । कैद मिनाहा गरेर रिहाइ गर्न सकिन्छ । यदि अहिलेकै रुपमा कोरोना संक्रमण बढ्यो भने सरकारले कैदी बन्दीलाई आगामी असोज ३ गतेको संविधान दिवसको अवसरमा मुक्त गर्न सक्छ ।