२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रुपा सोशी चौधरीले कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभोको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले ११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना वास्तविक किसान हुनुपर्नेमा त्यस्तो नभएको बताउनु भयो । उहाँले फलफूल तथा तरकारीको मूल्य समेत बजार व्यवस्थापनले नभई व्यापारीले तोक्ने गरेको बताउनु भयो । उहाँले मन्द विषादीको शिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना किसान नहुनु, फलफूल तथा तरकारीको मूल्य निर्धारण समितिले नभई व्यापारिले गर्नु, खुद्रा पसलेले फलफूल तथा तरकारी लगिसकेपछि गुणस्तर परीक्षण हुनु, मन्द विषादीको सिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार? म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले कालिमाटी फलफूल तथा तरकारी बजारको व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।