२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंग्गी अड्डामा आफैलाई गोली हानी सिपाहीले गरे आत्महत्या



अ+ अ-

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । घटना भद्रकालीस्थित आर्मीको भएको हो ।  पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ती सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरीमा हो । 

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले दिएको जानकारी अनुसार ड्युटीको समयमा ती सिपाहीले बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेका हुन् । 

‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने । साथै घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको पनि उनले बताएका छन् । मृतकको शव पोष्टमार्टमको लागि श्री त्रि.वि.शिक्षण अस्पतालमा पठाईएको छ ।