काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । घटना भद्रकालीस्थित आर्मीको भएको हो । पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ती सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरीमा हो ।
नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले दिएको जानकारी अनुसार ड्युटीको समयमा ती सिपाहीले बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेका हुन् ।
‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने । साथै घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको पनि उनले बताएका छन् । मृतकको शव पोष्टमार्टमको लागि श्री त्रि.वि.शिक्षण अस्पतालमा पठाईएको छ ।












