स्याङ्जा । वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोट भित्री कच्चि सडकमा एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको निधन भएको छ भने दुई गम्भिर घाइते भएका छन् ।
चापाकोटबाट बिरामी काठमाडौ पुर्यार फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुर्घटना भएको हो ।
एम्बुलेन्स दुर्घटनामा चापाकोट नगरपाकिला ९ का ३५ बर्षिय भानुभक्त गैरे र वडा नम्बर १० का २५ बर्षिय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानाकारी दिए । दुर्घटनाामा घाइते गैरे र पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक चापाकोट ९ का ३१ बर्षिय सुरेन्द्र भण्डारी र २८ बर्षिय पवित्रा पोख्रेल गम्भिर रहेको अधिकारीले बताए । घाइते दुबै जनाको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको मनिपाल शिक्षण अस्पताल लगिएको अधिकारीले बतााए। उनले दुर्घटना के कति कारणले भयो अनुसन्धान अगाडि बढाएको बताए ।












