२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं टिम च्याम्पियन



अ+ अ-

काठमाडौं।  काठमाडौं बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ ।

नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्ण र ३ रजत जित्दै काठमाडौं टिम च्याम्पियन बन्न सफल भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा भक्तपुर २ स्वर्ण, १ रजत र ३ कांस्यसाथ दोश्रो भयो ।

चितवनले २ स्वर्ण, १ रजत र ३ कांस्य जितेपनि गोलाप्रथामा तेश्रो स्थानमा चित्त बुझायो । विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा ८ सय २९ खेलाडीले सहभागिता जनाएको आयोजक डोजोका अध्यक्ष लक्ष्मण खड्काले जनाएका छन् ।