२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा



अ+ अ-

भद्रपुर। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश गरेको छ ।

मेची रङ्गशालामा मङ्गलबार भएको खेलमा काउर्न बजार आयोजक ब्लेजर्ससँग टाइब्रेकरमा ४–३ ले पराजित भएको हो । ब्लेजर्सका लागि सत्यम शर्मा, अर्मन बिडोङ, दिवस उराउ, अबायोमिले गोल गरे । पेनाल्टीमा ब्लेजर्सका लागि कुददिप कार्कीले गरेको प्रहार बारमा लागेर बाहिरियो ।

काउर्न बजारका साइद, एस सिल्ला र साइडोस्टोनले गोल गरे । युसोफ एमबी र इब्राहिमले प्रहार बाहिरियो । यसअघि निर्धारित ९० मिनटको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सत्यम शर्माले खेलको २५औँ मिनटमा गोल गर्दा ब्लेजर्सले अग्रता बनाएको थियो तर काउर्न बाजारका साकिलले खेलको ६२ औँ मिनटमा गोल फर्काए ।

आयोजक ब्लेजर्सले झापा –११ र भुटानको डागा युनाइटेड एफसीबीच बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन । रासस