काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको भूमाग सम्बादकै माध्यम बाट फिर्ता हुने बताउनु भएको छ । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल वार्ता कै माध्यम बाट समस्या समाधान होस भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । भारत र प्रधानमन्त्री नरेन्द्र मोदी संग सम्बन्ध सुमधुर नै रहेको स्पष्ट पार्दे प्रधानमन्त्री ओलीले भन्नुभयो “ आईस नै जमेको छैन के को ब्रेक हुन नेपालले आफनो जमिन छोडेको भए सम्बन्ध राम्रो हुन्थो र?”
भारत संग नेपालले कुनै निहु नखोजेको भन्दै प्रधानमन्त्री ओलीले “आफनो भूमी मात्र दाबी गरेको बताउनु भयो । भारतले नक्सा जारी गरेपछि समस्या उत्पन्न भएको स्पष्ट पार्दे उहाले तथ्थ र प्रमाणका आधारमा अतिक्रमति भूमी फिर्ता लिन समस्या नहुने बताउनु भया । नेपालले पटक पटक बार्ताको पहल गरेपनि भारतीय पक्ष बाट जवाफ नआएपछि नया नक्सा जारी गरेको स्पष्ट पार्दे प्रधानमन्त्री ओलीले “त्यत्रो बिशाल भुमी भएको भारतले सानो हिमाली मुलुकको केही टुक्रा भुमी जहा तीन बाट गाउ छ तिनमा आखा लगाउनु हुनैन फिर्ता गर्न पर्छ ।”
भारतीय प्रधानमन्त्री मोदी संग वान टु वान बार्ता पनि हुने जानकारी गराउदै प्रधानमन्त्री ओलीले नक्सा बनाएर चित्त बुझाउनका लागि मात्र सार्बजनिक नगरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नु भयो जिद्धि नगर्ने हो भने नेपालको प्रमाण नै काफि छ । तरपनि कुटनीतिक सम्बाद बाट समस्या समाधान हुन्छ ।












