काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच कुनै बिमति नभएको बताउनु भएको छ । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो दहाल जी संग अब कुनै बिमति छैन , सबै कुरा मिलिसक्यो , कोरोनाले गर्दा मात्र हात मिलाउन पाईएन.।
केही अधि सामान्य बिमति भएपनि हाल कुनै समस्या नरहेको भन्दै प्रधानमन्त्री ओलीले “ केही अन्तरविरोध भएका बेला विरोधका पक्ष जगजाहेर छ । त्यो पनि सहयोग नै थियो भन्नु उचित हुँदैन । तर, समग्रमा उहाँबाट मैले असहयोग पाएको छैन् ।सहयोग पाएको छु । अब झन पारस्परिक सहयोग हुन्छ ।”
अन्तरबार्तामा प्रधानमन्त्री ओलीले आफूहरुबीच भागबण्डाको सहमति नभएको पनि दाबी गर्नुभयो । जिकिर गरे । घाम जुन रहिन्जेलसम्म प्रधानमन्त्री भैरहने, वा राष्ट्रपति भैरहने होईन । यी सबै आवधिक हुन् ।” समय अनुसार परिबर्तन हुदै जान्छ । प्रधानमन्त्री ओलीले आफूले मुख्य रुपमा सरकार र अर्का अध्यक्ष दहालले पार्टी मुख्य रुपमा सञ्चालन गर्ने सहमति भएको बताउनु भयो ।
अन्तरबार्तामा प्रधानमन्त्री ओलीले भन्नुभयाे प्रम म हुँ , पार्टी पनि समझदारीका साथ चल्छ , सरकारपनि समझदारीका साथ चल्छ , पार्टीमा दुई अध्यक्ष छौं , सरकारमा प्रमको हैसियतले , त्यसको अर्थ सरकार मैले एकलौटी ढंगले मनपरी गर्ने होईन । जनताको अधिकारसमेत पठाएर प्रम निर्वाचित भएको छ , प्रमले आफ्नो सहयोगी मन्त्रिपरिषद बनाउँछ , यसले देश सञ्चालन गर्छ , अध्यक्षको हैसियतमा उहाँले सरकार सञ्चालनको विषयमा रुचि राख्नुहुन्छ । नीति र निर्णयमा । मुख्य रुपमा उहाँले पार्टी सञ्चालन गर्नुहुन्छ ।”












