२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनियाँ दूतावासले तीन वटा अस्पतालको रिपोर्टलाई मात्र मान्यता दिने



अ+ अ-

 काठमाडौ । नेपालस्थित चिनियाँ राजदूतावासले नेपालबाट हवाईमार्ग हुँदै चीन जान चाहने यात्रुलाई काठमाडौँका तीनवटा निजी अस्पतालको रिपोर्टलाई मात्र मान्यता दिने जनाएको छ । ललितपुरको सानेपास्थित स्टार हस्पिटल, सिनमंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पतालको रिपोर्टलाई मात्र मान्यता दिने दूतावासले जनाएको छ ।

 चीन जान चाहनेहरुले उड्नुअघि त्रिभुवन विमानस्थलमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने जनाएको छ । यस अघि अन्य अस्पतालमा कोरोना परीक्षण  गराएर रिपोर्ट लिएकाहरुले पनि फेरि दूतावासले तोकेको अस्पताल मा नै परीक्षण गराउनु पर्ने भएको छ ।

तोकिएको अस्पतालले दिएको रिपोर्ट ७२ घण्टा भित्र अनलाइन मार्फत दूतावासको भिषा सेन्टरमा बुझाउनु पर्ने पनि दूतावासले जनाएको छ ।  नेपालमा उडान भर्ने सबै चिनियाँ विमान कम्पनीहरूले दूतावासको निर्देशन अनिवार्य पालन गर्नुपर्ने पनि दूतावासले जनाएको छ ।