काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले सबै स्थानिय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेको छ । स्बास्थ्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढाकलले अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू गर्ने मन्त्री स्तरिय निर्णय गर्नुभएको हो ।
आवश्यक औजार र उपकरण खरिदका लागि मन्त्राालयले शुक्रबार नै ६४ करोड रुपिया निकासा गरेको जनाएको छ । यस अस्पतालमा तत्कालै कम्तिमा एक जना एम बिबि एस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी रहने जनाईएको छ ।
अस्पतालको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको मन्त्रालयले जनाएको छ ।यसै गरी मन्त्रालयले निजी तथा सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।












