२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय ले  सबै  स्थानिय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेको छ । स्बास्थ्थ तथा जनसंख्यामन्त्री  भानुभक्त ढाकलले   अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू गर्ने मन्त्री स्तरिय  निर्णय गर्नुभएको हो ।

आवश्यक औजार र उपकरण खरिदका लागि मन्त्राालयले शुक्रबार नै  ६४ करोड रुपिया  निकासा  गरेको जनाएको छ । यस अस्पतालमा तत्कालै  कम्तिमा एक जना एम बिबि एस गरेको चिकित्सक,  दुई जना नर्स  र अन्य स्वास्थ्यकर्मी रहने जनाईएको छ ।

अस्पतालको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको मन्त्रालयले जनाएको छ ।यसै गरी मन्त्रालयले  निजी तथा सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने  निर्णय पनि गरेको छ ।