२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारमा गएकाहरूको उद्धार कसरी ?



फाईल फोटो
अ+ अ-

काठमाडौ । वैदेशिक रोजगारमा गएका कामदारहरुलाई उद्धार गर्दा राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रिया पछाडि धकेल्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

सरकारी पैसामा उद्दार गर्दा विदेशमा रहेका सबै कामदार आउन खोज्ने र राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्धार प्रक्रियालाई पछाडि धकेल्दै लगेको सरोकारवालाहरुको बताएका हुन् । बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा वैदेशिक रोजगार सम्बन्धित सरोकारवालाहरुले कामदारहरुबाट जम्मा गरेको रकम खर्च गर्न डराएको बताएका हुन् ।

वैदेशिक रोजगार व्यवसायी अब्दुल सतारले वैदेशिक रोजगारमा जानुअघि श्रम स्वीकृति लिन भन्दा पहिला १ हजार ५ सय रुपैयाँ काल्याणकारी कोषमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था भएको तर सोही रकम सरकारले खर्च गर्न कन्जुस्याई गरेको बताउनुभयो । वैदेशिक रोजगारमा गएका कामदारहरुलाई भवितव्य परेमा, मृत्यु भएमा वा अपाङ्गता भएको अवस्थामा रेस्क्यु गर्नका  लागि भन्दै सरकारले यो कोषमा रकम जम्मा नगर्दासम्म श्रम स्वीकृति दिदैन । तर अहिले कोभिड महामारीबाट अप्ठेरोमा परेका कामदारलाई उद्दार गर्न कोषको रकम खर्च हुने डरले सरकारले विभिन्न मापदण्ड बनाएर ढिलाई गर्ने र विभेद गर्ने नीति लिएको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगार ऐनले पनि भवितव्य परेमा कुनैपनि मुलुकमा रहेका कामदारलाई उद्दार गर्ने पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने उल्लेख भएकोले पनि त्यसलाई पालना गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले स्वदेशमा फर्कन चाहने सबै कामदारहरुलाई तत्काल निःशुल्क रुपमा फर्काउन, पीसीआर परीक्षण र क्वारेन्टाइनको व्यवस्था निःशुल्क गर्न समेत माग गर्नुभयो ।

वैदेशिक रोजागर सम्बन्धी रिपोर्टिङ गर्दै आउनु भएका पत्रकार सुनिल न्यौपानेले सरकारी पैसामा उद्दार गर्न थालियो भने कम्पनीले टिकट काटेर पठाउने र आफै टिकट किन्न सक्नेहरु पनि सरकारी पैसामा आउन खोज्छन र राज्यको कोषले धान्न सक्दैन भन्ने डर सरकारसँग रहेको बताउनुभयो । जसका कारण पनि सरकारले वैदेशिक रोजगारीमा भएमा कामदारहरुलाई उद्दार गर्ने प्रक्रियालाई पछाडि धकेल्दै लगेको उहाँले बताउनुभयो ।  

सर्वोच्च अदालतले आदेश गरेपछि मात्रै बाध्य भएर उद्दारको काम सुरु गरेको सरकारले आवस्यकता अनुरुप काम नगरेको पुष्टि भइसकेको बताउनुभयो । अदालतले वैदेशिक रोजगारीमा रहेका मानिसहरुलाई सरकारी खर्चमा उद्दार गर्न नभनेकाले पनि सरकारले निर्देशिका बनाई श्रम स्वीकृति लिएको निश्चित समय पुगेकालाई मात्रै उद्दार गर्ने नीति लिदा उद्दार कार्यमा विभेद देखिएको बताउनुभयो ।


श्रम तथा वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई उद्दार गर्न ढिलो भइसकेको बताउनुभयो । कोभिड महामारी सुरु भएपछि पनि निकै ढिलो गरी नीति बनाएको भएपनि सरकारले अहिले सम्म सोही नीति अनुसार उद्दार गर्न नसकेको बताउनुभयो । उहाँले नेपाली कुटनीतिक नियोगहरु पनि अहिले बल्ल नामावली संकलन गर्ने काममा लागेकाले गैह्रजिम्मेवार बन्दै गएको बताउनुभयो । विदेशमा अलपत्र परेका नेपालीलाई समयमै ल्याउन नसक्दा कतिपय व्यक्तिहरु बाटोमा अलपत्र परेको खबरहरु आइरहेको उहाँले बताउनुभयो । उहाँले श्रम स्वीकृति नलिइकन जाने कामदारहरुलाई सरकारको उद्दार नीतिले नसमेटेको बताउनुभयो ।

उहाँले गैह्र कानूनी रुपमा गएकाहरुलाई उद्दार गर्न सक्दिन भन्नु गैह्र जिम्मेवार भएको टिप्पणी गर्नुभयो । त्यस्तै कल्याणकारी कोषमा रहेको रकम अहिले नै खर्च गरे भविस्यमा के गर्ने भन्ने सोचाई सरकारको रहेकाले उद्दार कार्यका लागि उक्त रकम खर्च हुन नसकेको समेत बताउनुभयो । श्रमिकहरुले नै जम्मा गरेको कोषको रकम खर्च गर्नका लागि सरकारले कन्जुस्याई गर्न जरुरत नहरहेको पनि गुरुङले बताउनुभयो ।

वैदेशिक रोजगार व्यवसायीहरुले भने सरकारले मेनपावरले पठाएका कामदारको जिम्मेवारी सम्बन्धित कम्पनीले नै लिनुपर्ने जस्तो गरी व्यवहार गरेको बताउनुभयो । वैदेशिक रोजगारबाट वार्षिक रुपमा कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भन्दा बढी रकम योगदान गर्ने मानिसहरुलाई विपदको बेलामा उद्दार गर्न कन्जुस्याई गर्न नहुने तर्क गरेका छन् । यस्तै कोभिडका कारण सबै क्षेत्रमा प्रभाव परेको तर सरकारले वैदेशिक रोजगारी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुँदा अहिले सम्म कुनैपनि तरिकाले राहत पाउन नसकेको बताएका छन् । पुनरकर्जा कोष, बैंक ब्याजदर लगायत कुनैपनि किसिमको सुविधा पाउन नसक्दा व्यवसायबाट नै पलायन हुनुपर्ने स्थिति आएको गुनासो व्यवसायीहरुको छ ।