२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पुर्वअनुमानः यी स्थानमा भारी वर्षाको सम्भावना…



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको  छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ । महाशाखाले हाल देशभर सामान्य बदली रही देशका बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । 

शुक्रबार दिउँसो  देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यसैगरी, गण्डकी प्रदेश, प्रदेश  ५, र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, राति देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।