२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्व राज्यमन्त्री कञ्चन वादेलाई कोरोना संक्रमण, आइसियुमा उपचार हुँदै



अ+ अ-

काठमाडौं । पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादेलाई कोरोना संक्रमण भएको भएको समाचार छ। उनलाई केही दिन अघि कोरोना संक्रमण भएको पुष्टि भएको हो । त्यसपछी उनको काठमाडौंस्थित ह्याम्स अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। अस्पताल स्रोतले उनको अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ। 

आफ्नो निवास काभ्रेमा रहेका उनलाई १० दिनअघि ज्वरो आएपछि बनेपामा नै उपचार गराएका तर स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई काठमाडौं रेफर गरिएको थियो। काठमाडौंमा कोरोना भाइरसको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको अस्पतालले जानकारी दिएको छ। 

तर ह्याम्स अस्पतालमा अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको र आइसियूबाट सामान्य बेडमा सार्ने तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ। केही समयअघि उनले मुटुको समेत उपचार गराएका थिए। उनाी दोस्रो संविधान सभा निर्वाचनमा काभ्रे-३ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएका हुन् । उनी प्रचण्ड नेतृत्वको सरकारका पालामा उद्योग राज्यमन्त्री बनेका थिए।