२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा ५६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला छन् । 

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको हो । 

मोरङ बेलबारी–५ की महिला कोशी अस्पताल विराटनगरबाट धरानस्थित वीपीमा ९ गते रिफर गरिएको थियो । श्वास फेर्न समस्या र ज्वरो आएपछि कोशीमा भर्ना भएकी उनमा कोरोना संक्रमण समेत भदौ ९ गते नै पुष्टि थियो । वीपीमा उपचारतः दुवै जनाको शुक्रबार बिहान निधन भएपछि शव व्यवस्थापनको काम नियमानुसार अगाडी बढेको प्रवक्ता सापकोटाले जानकारी दिए ।