२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक संघ, संस्थाहरुलाई गलत काम नगर्न मन्त्री गुरुङको चेतावनी



अ+ अ-

काठमाडौ । महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक रुपान्तरणको कामलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनु भएको छ । 
मन्त्री गुरुङले सामाजिक क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि नबढाउने हो भने राजनीतिक क्रान्ति बाट प्राप्त उपलब्धिहरुलाई जोगाउनन सकिने पनि स्पष्टपार्नु भयो । मानवअधिकार एलायन्सले बिहीबार ललितपुरमा आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले सामाजिक संघ, संस्थाहरुलाई गलत काम नगर्न सचेत गराउनु भयो । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्पलाई पूरा हुनेगरी काम गर्न सामाजिक क्षेत्रमा सम्वद्ध सबै निकायलाई आह्वानसमेत गर्नु भयो ।

बैठकमा बोल्दै नागरिक अगुवा सुशील प्याकुरेल, समाज कल्याण परिषदका नवनियुक्तउपाध्यक्षडा. पदमप्रसाद खतिवडा, नेपाल रेडक्रस सोसाईटी तदर्थ समितिका अध्यक्षडा. नेत्र तिमिल्सिना, राष्ट्रिय बालअधिकार परिषदका नवनियुक्तकार्यकारी निर्र्देशक मिलन धरेल, नेपाल बाल संगठन, तदर्थ समितिकी अध्यक्ष विद्या न्यौपानेले आफूहरुले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने मानवअधिकार एलायन्सका अध्यक्ष मिनबहादुर शाही, सामूदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, गैर सरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जीतराम लामाले रेडक्रस, समाजकल्याण परिषदलगायतका संघ, संस्थाहरुलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।