२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति जिलेन्स्की वासिङ्टन डिसीमा



अ+ अ-

वासिङ्टन डिसी। युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जिलेन्स्कीबीच घोचपेच चलिरहेका बखत राष्ट्रपति जिलेन्स्की वासिङ्टन डिसी पुग्नु भएको छ ।

रूस र अमेरिकाबीच युक्रेन मामिलालाई लिएर साउदी अरबमा वार्ता सुरू भएसँगै युक्रेनले त्यस वार्ताप्रति शंसय राख्दै असन्तोष जनाएको थियो । खासगरी युद्धरत युक्रेनलाई वार्तामा सहभागी नगराएको भन्दै जिलेन्स्किले रोश प्रकट गरेका थिए । युरोपेली मुलुकहरूले पनि युक्रेनको माग जायज रहेको बताएका थिए ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले जिलेन्स्कीलाई ‘डिक्टेटर’ को संज्ञा दिँदै अमेरिकाले युक्रेनमा थप आर्थिक, सैनिक र राजनीतिक सहयोग र समर्थन नगर्ने बताएका थिए ।

यसबीच अमेरिकालाई फकाउन जिलेन्स्कीले दुईवटा प्रस्ताव अघि सारे: १, युक्रेनमा शान्ति कायम भए राष्ट्रपति पद त्याग्न तयार छु , र २, अमेरिकी माग बमोजिम युक्रेनका क्रिटिकल खनिज (विद्युत गाडीको लागि जरूरी खनिजहरू जस्तै लिथियम) अमेरिकालाई दिने । जिलेन्स्कीले यी शर्तहरू अघि सार्दै गर्दा युक्रेनको सुरक्षा प्रत्याभूति अमेरिकाले गरिदिनु पर्ने शर्त अघि सारेका छन् ।

के जिलेन्स्कीको यो शर्त ट्रम्पले स्वीकार गर्लान् ? यसको अझै टुंगो छैन । उनले युक्रेनी नेतृत्वमाथि निरन्तर दबाब बढाइरहेका छन् । युक्रेन मामिलामा छलफल गर्न हालै वासिङ्टन पुगेका फ्रेन्च राष्ट्रपति इमानुएल म्याँक्रो र बेयायती प्रधानमन्त्री केर स्टार्मरलाई ट्रम्पले खासै महत्व दिएनन् ।

ट्रम्पले युक्रेनलाई युरोपले सहयोग गर्न र सुरक्षा प्रत्याभूति दिन सक्ने सुझाएर बल युरोपेली मुलुकको कोर्टमा फालिदिएका छन् । अमेरिकी आडभरोसा र सहयोग बेगर युक्रेनको अस्तित्व नै संकटमा पर्ने निश्चित छ किनभने अहिले रसियालाई रोक्न युद्धभूमिमा अमेरिकी हतियार नै सार्थक सिद्ध भएका छन् ।

यहाँनेर भुल्न नहुने कुरा के भने अमेरिकाको राष्ट्रपति निर्वाचित भए रूस-युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पले चुनावी प्रचारका क्रममा बताउँदै आएका थिए । नेपाली सहित लाखौंको ज्यान लिइसकेको यो युद्ध के कसरी अन्त्य हुन्छ हेर्न बाँकी छ ।