२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्ज उपमहानगरपालिकाले जनताको स्वास्थ्यमा खेलबाड गर्यो– सांसद राई



अ+ अ-

काठमााडौँ । बाँके क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले असारको दोश्रो साता स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गतका तीनवटा योजनाको रकम भेरी अस्पताललाई प्रदान गर्नु भयो । 
कोभिड–१९ को महामारीका कारणले स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर २ मा छनोट गरिएका तीनवटा योजनाको ठेक्कासमेत हुन नसकेकाले ती तीनवटै योजना लागि बिनियोजन गरिएको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई दिने निर्णय गर्नुभएका सांसद राईले सो रकम नेपालगन्ज उपमहानगरपालिकालाई प्रदान गर्ने  घोषणा गर्नुभयो । तर पनि आफुले बिनियोजन गरेको सो रकम  उपमहानगरपालिकाको बेवास्ताका कारण उपायोग हुन नसकेको गुनासो स्वयं सांसद राइले नै गर्नुपर्ने अवस्था आएको छ ।

सांसद राईले डेढ करोड रुपैयाँ कोभिड–१९ विरुद्ध तयारीका लागि भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद गर्न प्रदान गर्नुभएको थियो ।  तर  उपमहानगरपालीकाले रकम प्राप्त नभएको भन्दै बिज्ञप्ति जारी गरेपछि सांसद राई र उपमहानगरपालीकाबीच बिवाद चुलिएको छ । उपमहानगरपालिकाको भनाई बाहिर आए लगत्तै आक्रोशित हुनुभएका सांसद राईले भन्नुभयो– बिनियोजित रकम उपमहानगरपालिकाले कार्यान्वयन गर्न नसक्नु र उल्टै दोष आफुलाई लगाउनु राजनीतिक बेइमानी मात्र हो ।

राइले भन्नुभयो “मैले जनताको लागि ल्याएको रकम मेयर साबले फ्रीज गराउनु भयो उल्टै मेरो बदनाम गर्न जनतालाई भ्रम फैलाउदै हुनुहुन्छ ।” आफुले जनहितमा काम गरेको भन्दै मन्त्री राइले आफु दोषी भए राजनीतिबाटै सन्यास लिने चेतावनी दिँदै नागरिककको स्वास्थ्य र विकासमा फोहरी राजनीति नगर्न चेतावनी दिनु भयो ।