२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रियाली दलहरू अति दक्षिणपन्थी फ्रिडम पार्टी बिना सरकार गठन गर्न सहमत



अ+ अ-

काठमाडौँ । अस्ट्रियाली पिपुल्स पार्टी, सोशल डेमोक्रेटिक पार्टी र एनओएस पार्टी अति दक्षिणपन्थी फ्रिडम पार्टी बिना गठबन्धन सरकार गठन गर्न सहमत भएका छन् ।

अस्ट्रियाली प्रशारक इओआरएफका अनुसार नयाँ सरकारले सोमवारसम्ममा शपथ ग्रहण गर्न सक्नेछ । फेब्रुअरीको मध्यमा फ्रिडम पार्टीको नेतृत्वमा केन्द्र–दक्षिणपन्थी पिपुल्स पार्टीसँगको गठबन्धनको वार्ता भङ्ग भएपछि दलहरूले सरकार गठन गर्न वार्ता गरिरहेका छन् ।

सेप्टेम्बर २०२४ मा भएको अस्ट्रियाली संसदीय चुनावमा फ्रिडम पार्टी लगभग २९ प्रतिशत मतसहित अग्रणी दलको रूपमा रहेको छ । त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोशल डेमोक्रेटले २१.१ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो । एनइओएसले चौथो स्थान हासिल गरेको थियो । रासस  सिन्ह्वा