२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना उपचाररत ५० वर्षीय पुरुषको मृत्यु



अ+ अ-

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गत राति उपचारका क्रममै मृत्यु भएको  कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिए । 

यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो । योसँगै कपिलवस्तुका तीन जनाको कोरोना अस्पतालमा उपचार गर्दागर्दे मृत्यु भएको छ । त्यस्तै, रुपन्देहीका २ र प्युठानका १ गरी जम्मा ६ जनाको यो अस्पतालमा मृत्यु भएको डा. थापाले बताए ।

मृतकको शव व्यवस्थापन सेना गर्ने तयारी गरेको छ ।