२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी च्याम्पियन्स ट्रफी: इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित



अ+ अ-

एजेन्सी। दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ।

 शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई सात विकेटले पराजित गरेको छ। पाकिस्तानको कराचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभर पनि खेल्न सकेन ३८.२ ओभर खेलेको इंग्ल्यान्डले दक्षिण अफ्रिकासामु १८० रनको लक्ष्य प्रस्तुत गर्‍यो।

जवाफमा दक्षिण अफ्रिकाले २९.१ ओभरमा तीन विकेट गुमाएर १८१ रन बनाएर जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाका लागि रस्सी वैन डेर ड्युसेनले ८७ बलमा ७२ रन बनाए। त्यस्तै हेनरिक क्लासेनले ५६ बलमा ६४ रन जोडे। त्यस्तै इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले दुई र स्पिनर आदिल रशीदले एक विकेट लिए।

समूह ‘बी’ मा दक्षिण अफ्रिका समूह विजेता बन्दा अस्ट्रेलिया उपविजेता बनेर अन्तिम चारमा पुगे। यो समूहबाट अफगानिस्तान र इंग्ल्यान्ड बाहिरिए।

यसअघि समूह ‘ ए’ बाट न्युजिल्यान्ड र भारत अन्तिम चारमा पुगेका थिए। आयोजक पाकिस्तान र बंगलादेश भने बाहिरिएका थिए। न्युजिल्याान्ड र भारतबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेतासँगै सेमिफाइनलमा भिड्ने समिकरण पूरा हुनेछ।