२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि दशरथचन्दलाई, मेलौली स्तब्ध



फाइल फोटो
अ+ अ-

बैतडी। बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय  भलिबल  प्रतियोगिताको उपाधि  दशरथचन्द नगरपालिकाले जितेको छ ।

गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द विजेता बन्यो । यससँगै दशरथचन्दले रु एक लाख २५ हजार  पुरस्कार प्राप्त गरेको आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो । पराजित मेलौलीले रु ७५ हजारमा चित्त बुझाएको छ ।

फाइनल खेलमा सुरूका दुई सेट दशरथचन्दले जितेको थियो । पहिलो सेट २६–२४, दोस्रो २५–२१ ले हात पा¥यो । तेस्रो सेट मेलौलीले २५–१८ ले जित्यो । चौथो सेट पुनः दशरथचन्दले २५–२३ ले आफ्नो पक्षमा पार्दै विजेता बनेको रेफ्री संयोजक हरि भण्डारीले जानकारी दिनुभयो ।

दशरथचन्दले यसअघि गत संस्करणमा फाइनलमा मेलौलीसँग हारेको बदला लिएको छ । यस्तै, प्रतियोगितामा सुर्नया गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ । सुर्नयाले रु ३५ हजार पुरस्कार प्राप्त ग¥यो । सान्त्वना  स्थानमा चित्त बुझाएको सिगास गाउँपालिकाले १५ हजार पुरस्कार पायो ।

दशरथचन्द नगरपालिकाका सुरज चुनारा सर्वाेत्कृट खेलाडी भए । उनले रु पाँच हजार पुरस्कार जिते । मेलौलीका सन्देश चन्द बेस्ट सटर, दशरथचन्दका नवीन भण्डारी बेस्ट ब्लकर, दशरथचन्दकै सरोज चुनारा बेस्ट डिफेन्डर, सुर्नयाका सुरेन्द्र भाट बेस्ट सर्भर र मेलौलीका बरूण ठगुन्ना बेस्ट स्पाइकर भए । दोगडाकेदारको टिम अनुशासित घोषणा भयो ।

खेलाडीलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक गणेश चन्द, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, मैनेजर तेजबहादुर चन्द ट्रष्टका अध्यक्ष इञ्जिनियर ग्रिस चन्दलगायतले पुरस्कार वितरण गर्नुभयो ।

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता रहेको थियोे । दशरथचन्द नगरपालिका–५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा विसं २०७४ मा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।