२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितले लगातार १४ औं टस हारे, अष्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै भारत



अ+ अ-

एजेन्सी । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेलमा भारत र अष्ट्रेलिया खेल्दैछन् । दुबईको अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर अष्ट्रेलियाले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

रोहित शर्माले भने एकदिवसीय क्रिकेटमा लगातार १४ औं टस हारेका हुन् ।

अष्ट्रेलियाको टोलीमा दुई परिवर्तन हुँदैछ । म्याथ्यु सर्टको स्थानमा कुपर कोनोली र स्पेन्सर जोन्सनको स्थानमा तनवीर सांघाले मौका पाएका छन् । भारतीय टोलीले पछिल्लो खेलको प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन ।

दुबईमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

दुवै टोलीको प्लेइङ–११

भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, कुलदीप यादव, वरुण चक्रवर्ती र मोहम्मद शामी।

अष्ट्रेलियाः स्टिभ स्मिथ (कप्तान), ट्राभिस हेड, कूपर कोनोली, मार्नस लाबुस्चेन, जोस इंग्लिस (विकेटकीपर), एलेक्स केरी, ग्लेन म्याक्सवेल, नाथन एलिस, बेन द्वारसा, एडम जाम्पा र तनवीर सांघा।