२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनमा मछिन्द्र क्लब



अ+ अ-

वीरगञ्ज। मछिन्द्र फुटबल क्लब यहाँ जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लबले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको ५५औँ मिनेटमा मछिन्द्र क्लबका रेजिन सुब्बाले गोल गर्दै खेलमा अग्रता गराएका थिए । रेजिनले कर्नरबाट आएको बललाई सही सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । खेलको ७६औँ मिनेटमा चर्च ब्बाइज युनाइटेडका कप्तान डिका सर्जले हेडमार्फत गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

खेलको ९५औँ मिनेटमा मछिन्द्र क्लबका रेजिन सुब्बाले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्र क्लबलाई विजयी बनाएका हुन् । उनै सुब्बा आजको खेलमा ‘म्याद अफ दि म्याच’ समेत घोषित भए । मछिन्द्रले अब सेमिफाइनमा सहलेश फुटबल क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ ।

यही फागुन १७ गतेदेखि सुरू भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रू ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रू पाँच लाख ५५ हजार पाँच सय ५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।रासस