काठमाडौं । देशभरी बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । देशका विभिन्न ठाउँमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल भएको हो ।
देशभरी जोखिम रहेका बस्तीहरुलाई पहिचान गरी स्थानान्तरण गर्न कुनै कानूनी अड्चन भए कानून निर्माण गर्ने विषयमा छलफल भएको पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले बताउनुभयो । छलफलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जग्गा सट्टापट्टा गर्ने सम्बन्धमा संसदको आगामी बैठकबाट नै कानून निर्माणको प्रकृया अगाडी बढाउने बताउनुभएको तामाङले बताउनुभयो ।
कृषि र आर्थिक रुपमा बाँच्ने आधार निर्माण गरी बस्ती स्थानान्तरण गर्ने र पुरानो बस्ती भएको बन क्षेत्र घोषणा गरी कानून निर्माण गर्ने सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो ।छलफलमा सिन्धुपाल्चोक जिल्लामा जोखिममा रहेका बस्तीहरुलाई अल्पकालिन रुपमा सुरक्षीत स्थानमा सार्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत काम अघि बढाउने विषयमा पनि छलफल भएको छ ।
छलफलमा सहभामुख अग्नि प्रसाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त बहादुर नेम्वाङ र बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेल लगायतको सहभागिता रहेको थियो ।











