२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउँदो आर्थिक वर्षको बजेट पुराना आयोजना पूरा गर्ने गरी ल्याउनुपर्छः काँग्रेस सांसद घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आउँदो आर्थिक वर्षको बजेट अधुरा र सम्पन्न हुन नसकेका आयोजनाहरु सम्पन्न गर्नेगरी ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले प्रत्येक वर्ष नयाँ कार्यक्रम थप्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण आयोजनाहरु सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरिएको भएपनि योजनाहरु सम्पन्न हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेट बनाउने बेला हुँदै छ । बजेट बनाउँदा नयाँ नयाँ कार्यक्रमहरु थप्ने तर पुरा नगर्ने महारोग यो देशमा देखियो । अब यसले चाहीँ लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरेको छ । तर कुनैपनि योजनाहरु सम्पन्न भएका छैन । त्यसकारण यो वर्ष नयाँ योजना भन्दा पुराना र थालिएका योजनाहरुलाई सम्पन्न गर्नेगरी बजेट विनियोजनमा राखियोस् भन्ने सभामुखमार्फत सरकारसँग आग्रह गर्न चाहन्छु ।’

उहाँले थालिएका योजनाहरु सम्पन्न गर्नेगरी अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताउनु भयो ।