२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीको प्रश्नः संसदमा छलफल हुनु निरंकुश भए लोकतन्त्र खोज्न कहाँ जाने ?



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश भएका विधेयकहरुको प्रक्रियामा त्रुटी नभएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा पेश भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१’ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बतानुभएको हो । उहाँले सदनमा प्रश्तुत हुने विधेयकमाथि विरोध र समर्थन हुने बताउनु भयो । विधेयकबारे छलफल गरेर संसदले उचित निर्णय गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी राम्रो संवैधानिक अभ्यासमा छौँ । अध्यादेश सदनमा आउँछ, छलफल हुन्छ । समर्थन हुन्छ, विरोध हुन्छ । सभाले विवेक प्रयोग गरेर उचित ढंगले निर्णय गर्छ । त्यही प्रक्रियामा हामी छौँ ।’

अर्थमन्त्री पौडेलले संसदमा प्रश्तुत विधेयक स्वेच्छाचारी वा निरंकुश नभएर सरकारले आवश्यक महशुस गरेर ल्याएको जिकिर गर्नुभयो । संसदमा प्रश्ताव पेश गर्नु, छलफल गर्नु, संसदले नै निर्णय गर्नु निरंकुश हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने रु भन्दै प्रतिप्रश्न गर्नुभयो ।