२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

तयार भए जनकपुर-जयनगर चल्ने दुई रेल



अ+ अ-

काठमाडौं । जनकपुर-जयनगर गुड्ने १३०० यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार  भएको छ। रेल विभागका अनुसार उक्त रेल पटनाको सोनपुर-हाजिपुरमा आइपुगेको छ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल पटना पुगेपनि कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने बताए।

मिश्रका अनुसार कोङकड रेल्वे कर्पोरेसनले सामग्रीहरू सप्लाई गरेको थियो।

विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बनाउन भारतीय कम्पनीलाई जिम्मा दिएको हो। यो रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा ख्यातिप्राप्त छ। दुबै रेल तयारी अवस्थामा रहेको र एउटा पटनामा आइसकेको मिश्रले बताए।

यो रेल डिजेलबाट स्टार्ट हुन्छ र जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्छ। रेलले १२०० देखि १३०० जना यात्रु क्षमता राख्छ।

रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले यो रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए।