२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भर्खर जङ्गलबाट शहर छिरेका जम्बो मन्त्रीहरुले संसदमा असभ्य र अशिष्ट शब्दहरु बोल्न थालेः सांसद रिजाल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले भर्खर जङ्गलबाट शहर छिरेका जम्बो मन्त्रीहरुले संसदमा असभ्य र अशिष्ट शब्दहरु बोल्ने अभ्यास गरिरहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद रिजालले नेकपा (माओवादी केन्द्र)का सांसदहरुलाई लक्षित गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले सभ्यताको थलो रहेको संसदमा पछिल्लो समय असंसदीय भाषा बोल्ने प्रवृत्तिको विकसा भइरहेको बताउनु भयो । बुधवारको बैठकमा माओवादी सांसदहरुले प्रधानमन्त्रीको आलोचना गरेकै आधारमा बिरालाका गुण्डाहरुले नागरी कुटेको भन्दै अभिव्यक्ति दिनुभएको थियो । उहाँले लोकतान्त्रिक नेतृत्वमाथि प्रहार हुँदा त्यसलाई रोक्नेहरु बिरालोका गुण्डा नभई लोकतन्त्रका सेनानी भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सभ्यताको थलो यस सदनमा एकदुई दिनदेखि बडो असभ्य शब्दहरु प्रश्तुत हुँदैछन् । भर्खर भर्खर जंगलबाट शहरतिर छिरेको जम्बो मन्त्रीहरुले असभ्य, अशिष्ट कुराहरु राख्ने अभ्यास गरिरहनुभएको छ । र हिजोमात्रै बिरालाका गुण्डाहरु भन्ने जुन शब्द सुनियो यो संसदीय शब्द होइन । म के चुनौति दिन चाहन्छु भने ति बिल्लाधारी गुण्डा होइनन् लोकतन्त्रका सेनानीहरु हुन् । जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ ति चुप लागेर बस्दैनन् ।’

उहाँले सबै सांसदहरुले संसदको गरिमा कायम हुनेगरी बोल्न समेत आग्रह गर्नुभयो ।