२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरमा १ सय ८८ डिर्चाज हुँदा थपिए १ सय २६ कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा भेटिएका १ हजार ५३७ कोरोना संक्रमितमध्ये भदौ ५ गतेसम्ममा १८८ जना निको भएर फर्किएका छन् । यो प्राररम्भिक तथ्याङ्क हो । बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्नुहुन्छ – भदौ ५ गते थपिएका महानगर क्षेत्रमा १२६ जना संक्रमित थपिनुभयो भने १८८ जना निको भएका घर फर्किनुभयो । संक्रमित निको भएको खवर न बिरामीबाट आउँछ, न अस्पतालबाट नै । यसकारण कति बिरामी निको हुनुभयो भन्ने एकिन छैन । अब यो विवरण अद्यावधिक गर्दैछौं । ओली भन्नुहुन्छ –  २८७ जनाले अस्पतालमा उपचार गराइरहनुभएको छ भने ३६२ होम आइसोलेसनमा रहनुभएको खबर छ । यो छिनछिनमा परिवर्तन भइरहने खालको अङ्क हो । मृत्यु हुनेको संख्या भने ८ पुगेको छ । 

साउन ३२ गते ९५५ जना संक्रमित भएको महानगरमा भदौ १ गते ११३ जना, २ गते १२७ जना, ३ गते १०५ जना, ४ गते १११ जना, ५ गते १२६ जना र ६ गते ६९ जना थपिएपछि कुल संक्रमितको संख्या १ हजार ६०६ पुगेको हो । यो विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखालाई उपलब्ध गराएको हो । 

भदौ ७ गते मध्यान्नसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्ने समयसम्ममा बिश्वभर कोभिडबाट संक्रमित हुनेको संख्या २ करोड ३४ लाख १ हजार ३ पुगेको छ । जसमध्ये १ करोड ५९ लाख ३४ हजार ६०८ जना निको भएर घर फर्किनु भएको छ भने ८ लाख ८ हजार ९८७ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जना संक्रमित थपिएका छन् ।