२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई जितका लागि ९३ रनको लक्ष्य दिएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको हो ।

नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको छ ।

नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारे । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिइन् । अहिले नामिबियाले जवाफी ‘ब्याटिङ’ गरिरहेको छ ।