२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिमुकुन्द मुकुन्दलाई उपाधि



अ+ अ-

दाङ। चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।

घोराहीमा शनिबार भएको फाइनल खेलमा न्यु होराइजन स्पोट्र्स क्लब बुटवललाई १ का विरुद्ध ३ सेटले बिजयी भएको हो । कडा प्रतिष्पर्धात्मक खेलमा मणिमुकुन्द भलिबल क्लबले २५–१४,२७–२९,२५–१९ र २५–२० को जीत निकाल्दै उपाधि हात पारेको हो । उपाधिसँगै मणिमुकुन्दले दुई लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ ।

उपबिजेता बनेको न्यू होराईजनले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। पहिलो सेट मणिमुकुन्दले जित्दा दोस्रो सेट न्यु होराइजन स्पोट्र्स क्लबले जितेको थियो। त्यसपछि लगातार दुई सेट जित्दै मणिमुकुन्दले खेल आफ्नो कब्जामा परेको थियो । प्रतियोगितामा रोयल सिस्ने युवा क्लव तेस्रो भएको थियो। प्रतियोगितामा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदाङ्म्बेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का विकास समाजको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगिता फागुनको २० गतेदेखि सञ्चालन भएको थियो ।