२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथाम र नियन्त्रणका खर्चको विवरण सार्वजनिक, १३ अर्ब ३६ करोड खर्च



अ+ अ-

काठमाडाैंः सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री  डा. युवराज खतिवडा  १३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गर्नुभयो ।

डा. खतिवडाका अनुसार गत चैतबाट साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च भएको  छ ।  कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो  ।

जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।

कोभिड कोषबाट यस्तै १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको उहाँले बताउनुभयो । 

प्रदेशहरुबाट पनि झण्डै डेढ अर्ब खर्च भएको छ । मन्त्री खतिवडाले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको  बताउनुभयो । उहाँका अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।

गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख  रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

यस्तै स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टिन व्यस्थापनमा खर्च भएको उहाँले बताउनुभयो ।