२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोलीले कति पुरस्कार पाएको थियो, अहिले कति फरक पर्ला ?



अ+ अ-

एजेन्सी । करिब २७ वर्षअघि पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिएको थियो । तर, त्यतिबेला यो प्रतियोगितालाई आईसीसी नकआउट ट्रफी भनेर चिनिन्थ्यो ।

यसपछि आईसीसी नकआउट ट्रफीको नाम बदलेर आईसीसी च्याम्पियन्स ट्रफी राखियो । के तपाईलाई थाहा छ पहिलो पटक च्याम्पियन्स ट्रफी जित्ने टोलीले कति पुरस्कार प्राप्त गर्यो ? आईसीसी नकआउट ट्रफी १९९८ मा दक्षिण अफ्रिकाले जितेको थियो ।

त्यसबेला दक्षिण अफ्रिकी टोलीले १० लाख डलर पुरस्कार पाएको थियो । यो रकम नेपाली रुपैयाँमा करिब १०.४ करोड रुपैयाँ हो ।

यसपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने टोलीले ३१ करोड २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी उपविजेताले १५ करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार पौने तीन बजे सुरु हुनेछ ।