२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलको कोरोना अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

तिलोत्तमा । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।

ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए । ‘प्रेसरको औषधि सेवन गरिरहनुभएको रहेछ,’ उनले भने, ‘गएरातिबाट बढी नै समस्या भएको थियो ।’

साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो । यससँगै उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ । अस्पतालमा हाल आईसीयूमा ११ जना उपचाररत छन् भने आइसोलेसनमा २० जना रहेको थापाले जनाए ।