२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारकेश्वोर नगर खेलकुद विकास समितिको अध्यक्षमा खड्गी



अ+ अ-

काठमाडौँ। तार्केश्वर नगरपालिकाले नगद खेलकुद विकास समितिको अध्यक्षमा विक्रम खड्गीलाई मनोनित गरेको छ ।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष खड्गी नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका सदस्य पनि हुन् । खड्गी तेक्वान्दोका ग्योरोगी र पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र ओझा, फिरोज श्रेष्ठ, महेश महर्जन, रमेश महर्जन र सानुबाबु महर्जन, सचिवमा गौरव बस्नेत, सह सचिवमा विकास महर्जन तथा कोषाध्यक्षमा विष्णुकुमारी महर्जन रहेका छन् ।

उनीहरुलाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे । समितिको संरक्षकमा मेयर महर्जन र प्रमुख सल्लाहकारमा उप–मेयर सृजना बुर्लाकोटी अर्याल रहने प्रावधान छ ।पुरुषोत्तम खत्री, राजेश श्रेष्ठ, प्रभुराम फुयाल, सुमन कार्की, भवनाथ गजुरेल र सुवर्ण लामा सल्लाहकारमा चयन भए ।