२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन- खेलकुदमन्त्री चौधरी



अ+ अ-

कर्णाली। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट नभएको बताउनुभएको छ ।

आज कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय खेलकुद परिषद् ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२’ मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै उहाँले आगामी जेठ ३–१० गतेसम्म सञ्चालन हुने प्रतियोगिता तोकिएकै समयमा हुने बताउनुभयो । “अब यो पुगेन, त्यो भएन, तलमाथि केही गर्न र भन्न पाइने छैन ।

आजकै दिनबाट सातै प्रदेशका मन्त्री तथा सदस्यसचिवलगायतलाई तोकिएको समयमा खेल हुने पत्र पठाइनेछ । यद्यपि कार्य सहजताका लागि कर्णाली प्रदेशको सदस्यसचिव जतिसक्दो चाँडो नियुक्त गर्न आवश्यक छ”, मन्त्री चौधरीले भन्नुभयो ।

प्रदेशले राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गरेको कर्णाली प्रदेश रङ्गशालाका लागि मन्त्री चौधरीले पूर्व तथा बहालवाला मुख्यमन्त्रीलाई धन्यवाद दिनुभयो । पत्रकारहरूलाई अब खेल हुन्न भन्ने नलेख्न आग्रह गर्दै जेठमा गर्मीको ‘सिजन’ भएकाले प्रतिकूल अवस्थामा भए पनि राष्ट्रिय ‘रेकर्ड’ राख्ने गरी प्रतियोगिता सम्पन्न गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगिता तोकिएकै समयमा हुने विश्वास बढेको बताउनुभयो । जेठमा प्रतियोगिता सञ्चालन गर्न मौसम प्रतिकूल हुने चुनौतीबारे सूचित गर्दै उहाँले आयोजकले अलमल पर्ने गरी काम नगर्न आग्रह गर्नुभयो ।

आयोजकलाई बाहिर प्रश्न चिह्न खडा हुने काम नगर्न सुझाउँदै मुख्यमन्त्री कँडेलले आयोजकसँगको समन्वयमा व्यवस्थापनका काम गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीवासीका लागि स्वागतयोग्य रहेको बताउनुभयो । रासस