२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।