२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञा उलङ्घन गर्ने ५९४ मोटरसाईकल र गाडी होल्ड, साँझ मात्रै फिर्ता गरिने



अ+ अ-

काठमाडौं । काठमाडौंमा लागु भएको निषेधाज्ञाको उलङ्घन गर्ने गाडी र मोटरसाईकल समेत गरी ५ सय ९४ सवारी साधानलाई बिहिबार बिहान 'होल्ड' गरिएको छ । निषेधाज्ञाको समयमा स्थानिय प्रशासनले तोकेको मापदण्डमा परेका बाहेक अन्य सवारी साधानलाई ट्राफिक प्रहरीले भेटेकै ठाउँमा ‘होल्ड’ गर्न थालेको छ ।

बिहिबार बिहान गाडी र मोटरसाईकल समेत  ५ सय ९४ सवारी साधान होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले जानकारी दिए । उनले भने–‘स्थानीय प्रशासनले तोकेको र इमर्जेन्सी काम बाहेक निस्किएका गाडी र मोटरसाईकललाई होल्ड गरेका छौं ।’

ट्राफिक प्रहरीले होल्ड गरेको सवारी साधान साँझ ८ बजेपछि मात्र सवारी धनिले फिर्ता पाउँछन् । होल्ड गरिएकामा चारपांग्रे सवारी भन्दा दुईपांग्रे सवारी धेरै छन् । करिब ४ सय १० वटा मोटरसाईकल र स्कुटर होल्ड गरिएको छ ।