२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस काउन्सिलमा किशोर श्रेष्ठ कार्यवाहक अध्यक्ष कायमै, सरकारको निर्णय खारेज



अ+ अ-

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा तोकेका दुर्गा भण्डारी पौडेललाई तत्काल काममा नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल ईजलासले हाल कार्यरत कार्यवाहक अध्यक्षलाई काममा बाधा नपुर्याउन समेत आदेश जारी गरेको छ ।

सरकारले प्रेस काउन्सिल विनियममा संशाेधन मार्फत कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष तोकेको थियो । भण्डारीलाइ सरकारले हालैमात्र काउन्सिलकाे सदस्यमा नियुक्त गरेकाे थियाे । सरकारले गरेकाे विनियम संशाेधनमा अध्यक्ष नभएकाे अवस्थामा सदस्यहरूमध्येबाट एक जनालाइ कार्यवाहक ताेक्न सक्ने व्यवस्था गरिएकाे थियाे ।

तर यसअघि प्रेस काउन्सिलकाे विनियममा काउन्सिलका सदस्यहरूकाे बैठकले आफूहरूमध्येबाट एक जनालाइ कार्यवाहक ताेक्ने व्यवस्था थियाे ।

अदालतमा भएकाे बहसमा किशाेर श्रेष्ठकाे पक्षबाट वरिष्ट अधिवक्ताहरू शम्भु थापा, शतीसकृष्ण खरेल, बाेर्णबहादुर कार्की, प्रेमबहादुर खड्का, चन्डेश्वर श्रेष्ठ, गाेविन्द बन्दी समेतले बहस गर्नु भएकाे थियाे ।

सरकारको निर्णय बिरुद्ध परेको रिटमा सर्वाेच्चले कारण देखाउ आदेश जारी गरेपछि भण्डारी अब सदस्यका रुपमा काउन्सिलमा रहनु  हुनेछ ।

हेराैं सर्वोच्चको आदेश