२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व पारा एथ्लेटिक्स लङजम्पमा नेपालकी प्रभालाई रजत पदक



अ+ अ-

काठमाडौँ। नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन् ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी– ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको प्रशिक्षक विमला राना मगरले जनाएकी छन् । यो स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो ।

लङजम्पसहित ३ स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकोमा ४ सय मिटर दौडमा चौथो भइन् । प्रभाले बिहीबारै २ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् । उक्त खेल नेपाली समय अनुसार ३ः१५ बजे हुनेछ ।