२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा तीज तथा गौरा पर्व मनाउन नपाइने



अ+ अ-

टीकापुर । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले सामूहिकरूपमा गौरा तथा तीज मनाउँदा सङ्क्रमण फैलिने जोखिम रहेकाले कैलालीका नागरिकलाई घरभित्रै चाडपर्व मनाउन आग्रह गरेको छ । “जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै चाडपर्व तथा मनाउन कैलालीका बासिन्दालाई आग्रह गर्छु”, प्रमुख जिल्ला अधिकारी बोहराले भने, “कैलालीका सबै स्थानीय तहले नागरिकस्तरमा भीडभाड नगर्न, भेला नगर्न निर्देशन गरेर सङ्क्रमण फैलनबाट जोगिनुपर्छ ।”

बैठकले मन्त्रिपरिषद्को बैठकले गरेको होटल तथा रेष्टुराँबाट तयार गरिएका खाद्य परिकार लैजाने ९टेकअवे० सेवा मात्र सञ्चालन गर्ने निर्णय कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने निर्णय गरेको छ । निर्णय उल्लङ्घन गरिएको पाइएमा सङ्क्रमण रोग ऐन–२०२० अनुसार कडा कारवाही गरिने बोहराले जानकारी दिएका छन्। बैठकले भारतबाट नेपाल फर्कने नेपालीलाई १० दिनसम्म कैलालीमा होल्डिङ सेन्टरमा राख्ने स्थान छनोटका लागि जिल्लास्तरीय अनुगमन समितिलाई पाँच दिनको समयावधि दिएको छ । भारतबाट आउने नागरिकलाई सिधै घर पठाउँदा सङ्क्रमणको जोखिम भएपछि होल्डिङ सेन्टर बनाउने तयारी थालिएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले तीज नमनाउन आग्रह गरेपछि कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाले नागरिकलाई तीज पर्वमा भीडभाड गर्ने कार्य नगर्न आग्रह गरेका छन् । लम्कीचुहामा बसेको सर्वदलीय बैठकले यस वर्षको तीज नमनाउन अपिल गरेको छ । “कोरोनाको जोखिमका बेला तीजमा नाचगान गर्दा सामाजिक दूरी कायम नहुने भएकाले तीजमा कार्यक्रम गर्न रोक लगाइएको हो”, नगरप्रमुख महादेव बजगाईँले भने, “यस वर्ष महिला दिदीबहिनी पनि नमनाउने निर्णयमा सहमत हुनुहुन्छ, बाँच्नु सबैलाई छ ।”

टीकापुरमा इलाका प्रहरी कार्यालय टीकापुरले तीजको समयमा बजारमा भीडभाड नगर्नसमेत आग्रह गरेको छ । प्रहरीले पसलमा सामान बेच्दासमेत दूरी कायम गर्न व्यापारीलाई आग्रह गरिरहेको छ । “तीजका समयमा गरिने सबै कार्यक्रम रोक्ने भएका छौँ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेले भने, “बजारमा बढी चहलपहल नगर्न, दूरी कायम गरी व्यापार गर्नसमेत आग्रह गरिरहेका छौँ ।” सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ ।