२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट ६२ वर्षीय पुरुषको मृत्यु



अ+ अ-

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। सोमबार राति ११ः४० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताएका हुन् ।

३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए ।

उनमा निमोनियाका देखिएको अस्पताललाई फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।  सोमबार दिउँसो उनको स्वाब संकलन परीक्षण गरिएको थियो । योसँगैै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।