२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रीन कार्डधारीलाई अमेरिकाबाट निकाला गर्ने उपराष्ट्रपतिको चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी ग्रीन कार्ड धारकहरूलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार नभएको बताएका छन् ।

एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा भान्सले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई अमेरिकामा सधैंभरि बस्ने अधिकार मिल्छ भन्ने होइन ।’

उनले सरकारलाई ग्रीन कार्ड धारकहरूलाई निष्कासन गर्ने अधिकार रहेको समेत बताए ।

ग्रीन कार्डलाई कानुनी रूपमा स्थायी बासिन्दा कार्ड भनेर चिनिन्छ । यसले संयुक्त राज्य अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्ने अधिकार प्रदान गर्दछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक भिसा कार्यक्रमको प्रचार गरिरहेका बेला भान्सको यो टिप्पणी आएको हो ।

यस कार्यक्रम अन्तर्गत विदेशी नागरिकहरूले ५० लाख डलर तिरेर अमेरिकी नागरिकता प्राप्त गर्न सक्छन् । ट्रम्पले यसलाई अमेरिकी नागरिकताको बाटोको रूपमा वर्णन गरेका छन् ।




भर्खरै